पोखरामा सवारीको ठक्करबाट एकजनाको मृत्यु, शवको सनाखत हुन सकेन

पाेखरा | जेठ १४, २०८०

पोखरामा सवारीको ठक्करबाट एकजनाको मृत्यु, शवको सनाखत हुन सकेन

पोखरा:   पोखरा महानगरपालिका २५ हेम्जामा सवारीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 


पोखरा महानगरपालिका २५ हेम्जा सुन्दरपुरी चोकमा हिजो (शनिबार) राति लु ३ च ५१२ नम्बरको जिपले अन्दाजी ३० वर्षीय पुरुषलाई ठक्कर दिदा गम्भिर घाइते भएका थिए । 


 घाइते पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 


सवारीको ठक्करबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएपछि शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ठक्कर दिने जिप र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । 


 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्